संयुक्त बिद्यार्थी संगठनको बिरोध बर्दघाटमा बिरोध सभा

नवलपरासी ः नेकपा ( क्रान्तिकारी माओवादी ) सम्बद्ध बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सहित तीन बिद्यार्थी संगठनले एमसीसी पारितका बिरुद्ध बिरोध सभा गरेका छन् ।
शुक्रवार विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) नेकपा (मसाल) निकट अखिल (छैठौ) र क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)ले दिब्यज्योति बहुमुखी क्याम्पस गेटमा संयुक्त बिरोध कार्यक्रम सम्पन्न गरेका हुन ।
संयुक्त बिद्यार्थी संर्घष समितिमा आबद्ध तीन संगठनहरुले क्याम्पस परिसरबाट नाराबाजी गर्दै जुलुस प्रर्दशन समेत गरेका थिए ।
प्रर्दशनकारीहरुको जुलुस ‘ दलालहरु होसियार, एमसीसी चाहिदैन देश बेच्न पाईदैन, पेट्रोलियम पद्धार्थको मुल्य बृद्धि फिर्ता गर ,शैक्षिक माफिया मुर्दावाद जस्ता चर्का नाराबाजी गर्दै निस्किएको जुलुसले लक्ष्मीनगर चोक पुगेर पुनः क्याम्पस गेटमा सभामा परिणत भएको थियो ।
दिब्यज्योति बहुमुखी क्याम्पस र दिब्यज्योति मावि चिसापानीबाट निस्किएका बिभिन्न संगठन आबद्ध सयौ बिद्यार्थीहरु बिरोध जुलुसमा सहभागी भएका थिए ।
राष्ट्रिय झण्डा र कलम र तारा अंकित झण्डा लिएर बिरोधमा उत्रिएका बिद्यार्थीहरुले एमसीसी पास गर्ने दलहरुलाई दलालको संज्ञा दिदै संर्घषको बिकल्प नभएको बताए ।
उनीहरुले केन्द्रमा भएको ६ दल निकट बिद्यार्थी सगठनको कार्यक्रम अनुसार बिरोध प्रर्दशन गरेको जानकारी दिए ।
कोणसभामा विप्लव निकट अखिल (क्रान्तिकारी ) जिल्ला अध्यक्ष सन्देश सापकोटाले एमसीसी पारित गर्ने दलालहरुलाई कुनै हालतमा युवा बिद्यार्थीले नछाड्ने बताउनुभयो ।
उहाँले एनसेल लगायतका दलाल कम्पनीहरुलाई ७२ अर्ब कर मिनाह गर्नेहरुले नै अमेरिकन प्रोजेक्टबाट ५५ करोड डलरको लोभमा राष्ट्रघात गरेको बताउनुभयो ।
अखिल (छैठौ)का जिल्ला अध्यक्ष सगर सुवेदीले राष्ट्रघात गर्नेहरुलाई कालोमोसो दल्ने सम्मका कारवाही बिद्यार्थीहरुले गर्ने चेतावनी दिनुभयो ।








