सुनवल नगर स्थापना दिवसः प्रमुख अतिथि विवादले कार्यक्रम बहिस्कार




गोपी ज्ञवाली –
नवलपरासी, फागुन २७ गते । सुनवल नगरपालिकाको नगर स्थापना दिवसको कार्यक्रममा सुनवल नगरपालिकाले गैरसांसद नेतालाई प्रमुख अतिथी बनाए पछि गठबन्धन पार्टीहरुले नगरपालिकाको सार्वजनिक कार्यक्रम बहिस्कार गरेका छन ।

सुनवल नगरपालिकाको पाँचौं स्थापना दिवसको अवसरमा शुक्रवार आयोजना गरिएको एक सर्वजनिक कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव टोप बहादुर रायमाझीलाई नगरपालिकाले प्रमुख अतिथीको रुपमा बोलाए पछि सुनवल स्थित गठबन्धन पार्टीहरुले यो कार्यक्रम बहिस्कार गरेका छन ।




एक महिना पहिला नगरप्रमुख पद मुक्त भए पछि अहिले कार्यवाहक नगर प्रमुखको रुपमा नेकपा एमालेबाट उपप्रमुखमा निर्वाचित हुनु भएका दधिराम अर्यालले नगरपालिकाको जिम्मा सम्हाल्नु भएको छ ।

 

उपप्रमुख अर्याल कार्यवाहक प्रमुख भए देखी नै सुनवल नगरपालिकालाई एमालेकरण गर्दै गएको आरोप लागि रहेको समयमा शुक्रवार गरिएको नगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजना गरीएको सार्वजनिक कार्यक्रममा गैर सांसद रहेका नेकपा एमालेका केन्द्रीय सचिव टोप बहादुर रायमाझीलाई नगरपालिकाले प्रमुख अतिथीको रुपमा बोलाए पछि नगरपालिकामा राजनैतिक विवाद सृजना भएको हो ।

सुनवल नगरपालिकामा निर्वाचित जनप्रतिनिधीहरुमा नगरपालिकाको कार्य समितीमा नेकपा एमालेका जनप्रतिनिधीहरुको बहुमत संख्या रहेको छ भने प्रमुखमा नेपाली कांग्रेसका भिम बहादुर थापा निर्वाचित हुनु भएको थियो । सुनवल नगर प्रमुखको पदमा निर्वाचित भएका प्रमुख भिम बहादुर थापालाई खानी उत्खननमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिना पहिला विषेश अदालतमा मुददा दायर गरे पछि नगरप्रमुख थापा पद मुक्त हुनु भएको थियो ।

नेकपा एमालेले नगरपालिकामा बहुमतको आडमा नगर कार्यपालिकाका सदस्यहरुसंग छलफल नै नगरी एकलौटी ढंगले उपप्रमुख दधिराम अर्यालले नगरपालिकाको स्थापना दिवस मनाउने सार्वजनिक कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेकपा एमालेका गैर जनप्रतिनिधीलाई बोलाए पछि गठबन्धनमा रहेका पार्र्टीहरुले नगरपालिकाको सार्वजनिक कार्यक्रम बहिस्कार गरेको नेपाली कांग्रेसका सुनवल नगरपालिका अध्यक्ष सोम बहादुर रायमाझीले बताउनु भएको छ ।

प्रमुख अतिथीको रुपमा सुनवल नगरपालिकामा बोलाईएका नेकपा एमालेका केन्द्रीय सचिव टोप बहादुर रायमाझी अर्घखांची क्षेत्र नम्बर १ मा माआवादीबाट निर्वाचित भई सांसद हुनु भएका भए पनि नेपाल कम्युनिष्ट पार्टी फुटदा वहाँले माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नु भएको थियो ।

 

माओवादी पार्टीको टिकटमा निर्वाचित हुनु भएका नेता रायमाझी एमालेमा प्रवेश गरे पछि वहाँको सांसद पद स्वत: खारेज भएको थियो ।

 

https://www.youtube.com/watch?v=oxWOBEYDoXo&t=137s



सम्बन्धित
Loading...