कोकाकोला कम्पनीविरुद्ध साढे सात अरब कर छली मुद्दा दायर


 



काठमाडौं । चिसो पेय पदार्थ कोकाकोलाको कम्पनी बोटलर्स नेपालविरुद्ध पुँजीगत लाभकर छलीको मुद्दा दायर भएकाे छ ।

 

राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर र तथा बिगो दावी गर्दै मुद्दा दायर गरेको हाे ।

 




बोटलर्स नेपालविरुद्ध पुँजीगत लाभकर छलीमा अनुसन्धान पश्चात मुद्दा दायर गरिएकाे विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए । बोटलर्स नेपाल बिरुद्ध पूँजीगत लाभकर छलीमा विभागले अनुसन्धान गर्दै आएको थियो ।

 

बोटलर्स नेपाल लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पुँजीगत लाभकर छली गरेकाे अनुसन्धानबाट खुलेकाे उनले बताए ।

 

बोटलर्स नेपालसहित १७ जना प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।

 

https://www.youtube.com/watch?v=oxWOBEYDoXo&t=789s



सम्बन्धित
Loading...