बसले कारलाई ठक्कर दिँदा एक जना मृत्यु

पूर्वी नवलपरासी, २८ फागुन ।
पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–९ थुम्सीमा बसले कारलाई ठक्कर दिँदा एक जना को मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराती ना ६ ख ९४५९ नम्बरको बसले प्रदेश ३, ०१, ०२२ च ५८०७ नम्बरको कारलाई ठक्कर दिँदा ललितपुरको कुपण्डोलका ६० वर्षीय बासुदेव थापाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुरस्थित सरकारी अस्पतालमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न दुवै सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।