जग्गा कीर्ते गरेको आरोपमा वडाध्यक्ष सहित ७ जना पक्राउ


 



किर्ते गरेर जग्गा जालसाजी गरेको आरोपमा प्रहरीले संखुवासभाको भोटखोला गाउँपालिका–४ का वडाध्यक्षलाई पक्राउ गरेको छ।

 

 

भोटखोला–४ का वडाध्यक्ष किङ्साङ भोटेसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

 




वडाध्यक्ष भोटेसहितका आरोपीलाई नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

 

 

उनीहरूले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाइफकाइ गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ।

 

 

मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा १ लाख दिएर पास गरेको प्रहरीले जनाएको छ। भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।

 



सम्बन्धित
Loading...