साढे पाँच किलो गाँजासहित महोत्तरीबाट एक पक्राउ

प्रहरीले महोत्तरीबाट साढे पाँच किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरी लोहारपट्टी नगरपालिका-१ घरु भई हाल गौशाला नगरपालिका-५ बस्ने ३५ वर्षीय हरेन्द्र साह रहेका छन्।
उनलाई प्रहरीले शनिबार अपराह्न ४ बजे घरैबाट पक्राउ गरेको हो।
उनले आफ्नो घरको कोठामा सञ्चय गरेर गाँजा राखेको पाइएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
साहलाई इलाका प्रहरी कार्यालय गौशालाले हिरासतमा राखेर अनुसन्धान थालेको छ।