नदीबाट हराएका ३ बालबालिकाको खोजी लागि गाेताखाेर प्रयाेग गरिदै




सुर्खेत । सुर्खेतमा हिजो भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकाको खोजी कार्य जारी राखिएको छ ।

 

जिल्लाको भेरीगंगा नगरपालिका–११, रानीबगरका १० वर्षीया गंगा खड्का, ८ वर्षीया कृष्णा सिजाली र लेकबेंसी नगरपालिका ५ खल्टाकुराका १० वर्षीय दिनेश बुढा हिजो नुहाउने क्रमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

 




उनले नदीबाट हराएको सूचना पाएलगतै ईलाका प्रहरी कार्यालय छिन्छु, ईप्रका लेकबेंसी र रामघाट चौकीबाट खटिएका प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाले भेरी नदीका दुई तिरबाटै हराईरहेका बालबालिकाहरुको खोजी कार्य जारी रहेको बताए ।

 

उनका अनुसार हिजो साँझदेखि राती अबेरसम्म भेरी नदीका दुबै किरानातर्फ हराएका बालबालिकाको खोजी गरिए पनि अहिले कुनै अत्तोपत्तो लाग्न सकेको छैन् ।

 

आज हराएका बालबालिकाको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलको गोताखोर समेत प्रयोग गरिने उनले बताए ।

 

https://www.youtube.com/watch?v=oxWOBEYDoXo



सम्बन्धित
Loading...