९ किलो गाँजा सहित नवलपुरमा एक जना महिला पक्राउ


 



नवलपुर । पूर्वी नवलपरासीमा नवलपुुर प्रहरीले ठूलो परिणाममा लागुऔषध गाँजा सहित एक जना महिलालाई पक्राउ गरेको छ ।

 

कावासोती १ रिठ्ठेपानीको तिवारी कटेजमा लागुऔषध गाँजा विक्री गर्न लागिरहेको अवस्थामा प्रहरीले एक जना महिलालाई ९ किलो गाँजा सहित पक्राउ गरेको हो ।

 




पक्राउ पर्नेमा कावासोती १ निवासी ४५ बर्षीया माया तिवारी रहेका छन् ।

 

कटेजमा लागुऔषध गाँजा विक्री वितरण भईरहेको भन्ने सूचनाको आधारमा विशेष टोलीले खानतलासी गर्दा पक्राउ गरेको हो ।

 

घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

 



सम्बन्धित
Loading...