मध्यविन्दु नगरपालिकामा एक शिक्षक, एक ल्यापटप


 



नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले एक शिक्षक, एक ल्यापटप अवधारण अगाडि ल्याएको छ ।

 

नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरुलाई प्रविधि मैत्री बनाउनका लागि एक शिक्षक एक ल्यापटप अवधारणा अगाडि ल्याइएको नगरपालिकाका नगर प्रमुख चन्द्रबहादुर रानाले बताए ।

 




रानाका अनुसार नगरपालिकाले अहिलेसम्म ७७ जना शिक्षकलाई ल्यापटप उपलब्ध गराइसकेको छ ।

 

रानाले यो कार्यक्रमले सामुदायिक विद्यालय पनि नीजि विद्यालयसँग प्रतिप्रर्धा गर्न सक्ने हुने र शिक्षकहरु प्रविधिमैत्री भएपछि विद्यार्थीहरु पनि प्रविधि मैत्री हुने भएकोले यस्तो कार्यक्रम ल्याइएको बताए ।

 

शिक्षकको केही रकम र नगरपालिकाको थप सहयोगमा ल्यापटप वितरण गरिएको हो । यो कार्यक्रम क्रमशः लगिने उनले बताए ।

 

मध्यविन्दु नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउन एक वडा एक आधारभूत विद्यालय नमुना कार्यक्रम, हरेक मावि विद्यालयलाई स्कूल बस प्रदान गर्ने जस्ता कार्यक्रमहरु लागु गरेको छ ।

 



सम्बन्धित
Loading...