बुलिङटारमा नदीजन्य पदार्थको अवैध उत्खनन् अत्यधिक


 



कावासोती । नवलपुरको बुलिङटार गाउँपालिका भित्रका नदी तथा खोलाबाट ढुंगा गिट्टी बालुवाको अबैध निकासी भएको छ ।

 

बुलिङटार-६ का भरतराज रानाका अनुसार कालीगण्डकी नदी र निरन्दी खोला, फुलमादी खोलामा अत्याधिक निकासी भएको छ । बुलिङटार गाउँपालिका र प्रहरीको मिलेमतोमा यसरी अवैध निकासी हुँदा प्राकृतिक स्राेतको दोहन भएको छ ।




अदालतले कालीगण्डकी नदीमा नदीजन्य पदार्थ निकासमा रोक लगाएपनि नदी तथा खोलामा बुलिङटार गाउँपालिकाले चोरी निकाशी नियन्त्रणमा बेवास्ता गर्दा दोहन बढेको बुलिङटार-३का टंकनाथ गिरीले बताए ।

 

बुलिङटार गाउँपालिका र प्रहरीको मिलेमतोमा नदी र खोलाबाट दोहन भएको स्थानीयको आरोप छ । गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीसंग नियन्त्रण गर्न आग्रह गर्दा बेवास्ता गर्ने गरेको गिरीले जनाए ।

प्रहरीले नियन्त्रणको काम पालिकाले गर्नुपर्ने भन्दै पन्छिने गर्दा प्रहरी र पालिकाकै मिलेमतोमा अबैध निकासी हुने गरको स्थानीयको बुझाइ छ ।

प्रहरी उपरीक्षक प्रकाश मल्ल र प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीको सरूवा भएपछि खोला तथा नदीजन्य पदार्थको दोहन अत्यधिक भएको हाे ।

 

प्रहरी प्रशासन पालिकाका जनप्रतिनिधि मिलेर अबैध निकासी रोक्नुपर्नेमा झन् दोहन हुनु दुखद भएको स्थानीयले बताएका छन् ।



सम्बन्धित
Loading...