चार दिनदेखी बेपत्ता सुस्ताका युवकको शव नारायणी नदीमा भेटियो


 



चार दिनदेखी बेपत्ता रहेका यवकको शव नारायणी नदीमा तैरिरहेका अवस्थामा फेला परेको छ । जिल्लाको सु्स्ता गाउपालिका वडा न ५ राम नगर बस्ने बर्ष १८ का अजय राजभर गत २६ गते देखि बेपता रहेका थिए ।

 

उनको शव आज मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

 




बेपता भएका राजभरको खोजि गरिदिनका लागि उनका आफन्तले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले सक्रियताका साथ खोजतलास गरेको पाण्डेले बताउनुभयो ।

 

उता सशस्त्र प्रहरी बलले पनि खोजि कार्यमा निरन्तरता दिएको थियो । खोजिकार्यलाई प्रभावकारी बनाउन जिल्ला सुरक्षा समिति नवलपरासीको बैठकले गरेको निर्णय अनुसार सशस्त्र प्रहरी बल २६ नम्बर गण बेलासपुर पश्चिम नवलपरासीको माध्यम बाट प्रदेश स्तरीय बिपत ब्यवस्थापन गोताखार टिम ल्याई शनिवार दिनभरि नारायणी नदिमा खोजतलास कार्य गरिएको थियो ।

 

आईतबार  मात्र शव भेटिएको सशस्त्र प्रहरी बल २६ न गणका सुचना अधिकारी माधव रेग्मीले जानकारी दिनुभयो ।



सम्बन्धित
Loading...