२२ र १७ वर्ष कैद तोकिएका दम्पती पक्राउ


 



मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दाका फरार अभियुक्त दम्पती पक्राउ परेका हुन् ।

 

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ बस्ने ४२ वर्षका रामजी पासवान र उनको श्रीमती ३२ वर्षीया बिभा पासवानलाई धनुषा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

 

 




मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतले २२ माघ २०७७ मा रामजीलाई २२ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो भने उनकी श्रीमती बिभा पासवानलाई १७ वर्ष र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

 

 

 

फैसलापछि फरार रहेका दुवै जनालाई मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ बाट पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

 

 

दुवैजनालाई धनुषा जिल्ला अदालतमा मंगलबार नै हाजिर गराएर सुनसरीस्थित झुमका कारागारको कार्यालयमा पठाउने आदेश भएको धनुषा प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...