गोली लागेर १ जनाको निधन, चार जना पक्राउ




डडेल्धुराको सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि थापेको भरुवा बन्दुकको पासोबाट गोली लागेर ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

 

प्रहरीका अनुसार गन्यापधुरा ४ का दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको हो ।




प्रहरीका अनुसार पानको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । घटनामा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी देवेन्द्र पालकाअनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको हो। उनको शव अस्पतालमा राखिएको छ।

नियन्त्रणमा लिइएकाहरुको परिचय भने प्रहरीले खुलाएको छैन।

 

 



सम्बन्धित
Loading...