बालिका हत्या प्रकरण : न्याय माग्ने महिला प्रहरी नियन्त्रणमा, युट्युबर पनि पक्राउ

डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्ने महिलालाई प्रहरी नियन्त्रणमा लिएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका-७ कि १८ महिने बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा उनीहरुले विरोध गरेका हुन् ।

‘श्रीमती संगठन’ नामको व्यानरमा गरिएको विरोध प्रदर्शनमा महिहलाहरुले ‘बलात्कारको मुद्दालाई राजनीतिक एजेण्डा बनाऊ’, ‘बलात्कार तिमीहरुले गर्ने, लुकेर हामीले बस्ने’ लगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

मंगलबार महेन्द्र राजमार्ग अवरुद्ध गरेर आन्दोलन गर्न खोज्ने ८ जना महिलाहरुलाई नियन्त्रणमा लिएको हो ।राजमार्ग अवरुद्ध गरेका कारण नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।

पक्राउ परेकाहरुमा २ जना युट्युबर पनि रहेको प्रहरी स्रोतले बताएको छ ।सर्वसाधारणले गरिरहेको प्रदर्शनको भिडियो खिचेको भन्दै मोरङ प्रहरीले एक जना पत्रकार, दुई जना युटुबरसहित ११ जनालाई पक्राउ गरेको छ।




