पाल्पामा आगलागीमा परेर एक पुरुषको मृत्यु


 

 



पाल्पामा आगलागीमा परेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ ढुकुर खोलामा आगलागीमा परेर ५९ वर्षीय हरिबहादुर कुमालको जलेर मृत्यु भएको  प्रहरीले जनाएको छ  ।

 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कुमाल सुत्ने घरको कोठामा आगलागी भएपछि उनको जलेर मृत्यु भएको हो ।

 




टिनको छाना भएको आफ्नै ३ तले घरको दोस्रो तलामा सुतिरहेका उनी आगलागीमा परेका हुन् । उनका श्रीमती, छोरा र छोरीहरू अर्को गोठसहितको (नाले) घरमा सुतेका थिए । मृतकका २ छोराहरु बुटवल बस्दै आएका छन् ।

 

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभौयाले बताए ।

 

 



सम्बन्धित
Loading...