अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्दै


 



 

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर ९ वैशाखमा नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् ।

 

 




नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर ९ वैशाखमा उनी एमाले प्रवेश गर्न लागेकी नेकपा एमाले स्रोतले जनाएको छ ।

 

 

एमाले स्रोतका अनुसार ९ वैशाखमा करिश्मासँगै अरु पार्टी छाडेर आएकाहरु प्रवेश गर्नेछन् । अभिनेत्री मानन्धरले स्थापना दिवसको अवसरमा पार्टी प्रवेश कार्यक्रम राख्ने जानकारी आएको बताइन् ।

 

 

अभिनेत्री मानन्धर नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय भएकी थिइन् ।

 

 



सम्बन्धित
Loading...