जापानमा शक्तिशाली भूकम्पः दुई जनाको मृत्यु, २० लाख मानिस अन्धकारमा




टोकियो । जापानमा बुधबार साँझ गएको शक्तिशाली भूकम्पमा दुई जनाको मृत्यु भएको छ । भूकम्पमा दर्जनौँ मानिस घाइते भएका छन् ।

 

पूर्वी जापानमा ७ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।




भूकम्पले पुयाएको जनधनको क्षतिको पूर्णविवरण विवरण आइनसकेको प्राप्त समाचारमा जनाइएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

 

भूकम्पपछि बुधबार रातभर र बिहीबार बिहान पनि निरन्तर परकम्पनहरु आइरहेका छन् । भूकम्पको असर राजधानी टोकियोमा पनि देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

 

भूकम्प प्रभावित क्षेत्रमा विद्युतीय सेवा अबरुद्ध छ ।

 



सम्बन्धित
Loading...