नारायणी नदी किनारमा पुरुषको शव फेला


 



चितवनको नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।

भरतपुर माहानगरपालिका वडा नं –१६ शिवघाटस्थित नारायणी किनारमा पुरुषको शव फेला परेको हो ।




 

स्याङजा जिल्ला पुतलीबजार–१० घर भइ हाल ललितपुर माहानगरपालिका –१० बस्ने ५५ वर्षिय ज्ञानविक्रम रानामगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।

 

उनका अनुसार बुधबार ३ः३० बजे उनको शव फेला परेको हो ।

 

मृत्युको कारण नखुलेको र शव हेर्दा संकस्पद देखिएको अधिकारीले बताए । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।



सम्बन्धित
Loading...