पल शाहविरुद्ध तनहुँ अदालतमा १२ वर्षसम्म कैद सजाय माग मुद्दा दर्ता

नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ प्रहरीको थुनामा रहेका अभिनेता पल शाहविरुद्ध सरकारी वकिलको कार्यालयले आज मङ्गलवार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन हिजो सोमवार सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।
जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले शाहविरुद्ध कैद सजाय मागसहित मुद्दा दर्ता गरिएको जानकारी दिए । उनका अनुसार शाहविरुद्ध १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ ।
‘पीडित १६ वर्ष कम भएका कारण शाहविरुद्ध १० देखि १२ वर्षसम्म कैद दाबीसहित मुद्दा दर्ता गरेका छौँ’, उहाँले भन्नुभयो, ‘साथै मनासिव क्षतिपूर्तिको मागदाबी गरेका छौँ ।’ नायक शाहका म्यानेजर भनिएका कृष्ण जोशीविरुद्ध यो सजायको आधा सजाय माग गरिएको पनि उनले बताए। जोशीलाई मतियारका रूपमा शाहको भन्दा आधा सजाय मागदाबी गरिएको उनले जानकारी दिए ।
गएको फागुन ११ गते नाबालिगकले शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेपछि शाहले फागुन १५ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए । त्यही दिन प्रहरीले शाहविरुद्ध सात, २१ गते १२ र चैत ४ गते पाँच दिनको म्याद थप गरेको थियो ।

शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता भइसकेको छ । शाहविरुद्ध नवलपुरमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसुर गरेको दाबी गर्दै मुद्दा दायर भएको थियो ।
कानुनको त्यो दफामा महिलाको मन्जुरी नलिइ करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मन्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।
नवलपरासी पूर्वको एक रिसोर्टमा २०७७ चैत ७ गते आफूमाथि बलात्कार भएको दाबी गर्दै किशोरीले जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।
याे पनि पढ्नुहाेस्
पल प्रकरणमा दुर्गेश र सरोजले दिए यस्तो बयान
पल शाह प्रकरणः कानुनले समाज बुझेन कि समाजले कानुन ?
पल शाहको खातामा रहेको २० लाख रोक्का राख्न सरकारी वकिलको माग
https://www.youtube.com/watch?v=s93Z9BTA38Q
यस्ता छन् सरकारी वकिलले शाहविरुद्ध जुटाएका प्रमाण
पल विरुद्ध १२ देखि १४ बर्ष कैद र ४ लाख क्षतिपूति मागदावी सहित नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता
पल प्रकरण – ‘राति गुडनाइट भन्न ढोकासम्म गएँ, तर जबरजस्ती गरिनँ’
पल शाहका म्यानेजर पक्राउ
पल प्रकरणः ‘यो घटनाले धेरै छोरीहरुलाई बचाउने छ’
पूर्वी नवलपरासीमा पल शाहको बयान मध्यरातसम्म
