पुर्व पञ्चायतदेखि बहुदलसम्म जनप्रतिनीधिहरु एउटै मञ्चमा सम्मानित


 



पप्पु रेग्मी, बर्दघाट, चैत्र १० । पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर १२ को आयोजनामा पुर्व पञ्चायती व्यवस्था देखि बहुदलिय व्यवस्था (२०५४ साल) सम्मका पुर्व जनप्रतिनीधिहरु लगाएतका स्थानीय समाजसेवीहरु मङ्गलवार जहदामा  सम्मानित भएका हुन ।

 

तत्कालिन जहदा गाउँ पञ्चायत देखि गाउँ बिकास समितीको समयावधिमा निर्वाचित भएका जनप्रतिनीधी, पदाधिकारी, शिक्षा प्रेमी, खेलकुद, पूर्व सेना प्रहरी लगाएतका व्यक्तित्वहरुलाई जहदामा सम्मान गरेको वडा नम्वर १२ का वडा अध्यक्ष मान बहादुर मल्लले बताए ।

 




कार्यक्रम बर्दघाट नगरपालिकाको वडा नम्वर १२ का वडा अध्यक्ष मान बहादुर मल्लको अध्यक्षता, लुम्बिनी प्रदेशसभा सदस्य एवम् ने.क.पा.(एमाले) जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीको प्रमुख आतिथ्यता, बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा वस्याल तथा नगर उपप्रमुख माया देवी पौडेलको बिषेश आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै, सांसद अधिकारीले तत्कालिन समयमा जनप्रतिनीधिको भूमिका निर्वाह गरी समाजलाई दिशानिर्देश गर्ने अग्रजहरुलाई सम्मान गर्दा ईतिहासको संरक्षण हुने बताउदै, सिमित श्रोत र साधनमा अग्रज नेतृत्वले काम गरेको स्मरण गर्दै अधिकारीले अहिले श्रोत र साधनको प्रयोग गर्दा समेत अपेक्षित रुपमा काम हुन असहज हुने गरेको बताए ।

 

कार्यक्रममा आफ्नो धारण राख्दै नगर प्रमुख धिरज शर्मा वस्यालले अग्रजका भोगाई र विचारलाई अहिलेको पुस्ताले ग्रहण गर्दै जानुपर्ने बताउदै समाजले उनिहरुलाई सम्मानित दृष्टिले हेर्नु पर्नेमा जोड दिए ।

 

बर्दघाट नगरपालिकाकी उपप्रमुख मायादेवी पौडेलले बिगतका समयमा हरेक बिकास निर्माणमा श्रमदान मार्फत जनताको प्रत्यक्ष सहभागिता हुनेहुदा थोरै लगानीबाट पनि धेरै विकास निर्माणका काम हुने गरेको बताईन ।

 

कार्यक्रममा सम्मानित हुनेमा जहदा गाउँ पंचायतको प्रधान पंच भई करिब १५ वर्ष सम्म  सेवा गरेका राम नारायण चौधरी, पंचायतकालका उप–प्रधान पंच द्धय टिकाराम पाण्डे र सुरज के.सी. र निर्वाचित वडा अध्यक्ष, वडा सदस्य लगाएका जनप्रतिनीधिहरु पनि सम्मनित भएका हुन ।

 

त्यसैगरि, बहुदलयीय व्यवस्था आए पछि साविक जहदा गाविसका गाविस अध्यक्ष, बर्तमान लुम्बिनी प्रदेश सभा सदस्य एवम् ने.क.पा.(एमाले) जिल्ला अध्यक्ष रहेका दिपेन्द्र कुमार अधिकारी पनी सम्मानीत भएका छन ।

 

साविक जहदा गाविसका गाविस अध्यक्ष खेमा थारु, उपाध्यक्षमा क्रमशः मन गोल्डी र नगेन्द्र चौधरी समेतलाई सम्मानीत गरिएको थियो ।

 

शिक्षा प्रेमी लगायतलाई सम्मान गरिएको थियो । सम्मानीत हुनेमा पूर्व प्रहरी सेवामा बाट अवकास हुनुभएको कर्णध्वज काफ्ले, राष्ट्रिय भलिवल खेलाडि मोहन चौधरी, शिक्षा क्षेत्रबाट ईन्द्र कमल तिवारी लगाएतका स्थानीय समाज सेवीहरुलाई सम्मान गरिएको थियो ।

 

कार्यक्रमको स्वागत वडा सदस्य गजेन्द्र बहादुर गिरीले गरेको कार्यक्रमको संचालन वडा सदस्य निम प्रसाद बस्यालले गरेका थिए ।



सम्बन्धित
Loading...