माओवादी केन्द्र गण्डकी प्रदेश उपाध्यक्षमा नवलपुरका विहानी, सहमति नजुटेपछि निर्वाचनबाट पदाधिकारी चयन

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको पदाधिकारी चयनका लागि भएको सहमतिको प्रयास असफल भएपछि निर्वाचनबाट पदाधिकारी टुंग्याइएको छ ।
पोखरा महानगरपालिका–१२ स्थित मार्फा थकाली समाज घरमा हिजो देखि शुरु भएको दोस्रो पूर्ण बैठकमा पदाधिकारी चयन गर्ने एजेण्डा थियो । पदाधिकारी चयनका लागि सहमति हुन नसकेपछि बुधबार नै साँझ नै मतदान भएको हो ।
मतदानबाट नवलपपुरका मित्रशरण शर्मा विहान उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा संविधान सभा सदस्य (पर्वत) गुणाखर बस्याल र ज्ञामनाथ गैह्रे (वाग्लुङ) निर्वाचित भएका छन् । ३ उपाध्यक्षका लागि ७ जनाको उमेदवारी परेको थियो ।
त्यसैगरी सचिवमा गोर्खाका जगन्नाथ खनाल विजयी भएका छन् । १ सचिवका लागि दुई जनाको उमेदवारी परेको थियो । त्यसैगरी सहसचिवमा लम्जुङ्गका मेखबहादुर भण्डारी, तनहुका अतिन्द्र केशरी न्यौपाने र म्याग्दीका टेकबहादुर विक विजयी भएका छन् । ३ सहसचिवका लागि ६ जनाको उमेदवारी परेको थियो ।
त्यसैगरी कोषाध्यक्षमा स्याङ्जाका तारा भुसाल विजयी भएका छन् । १ कोषाध्यक्ष पदका लागि ३ जनाको उमेदवारी परेको थियो ।

अध्यक्ष भने यस अघि नै सहमतिमा टुंग्याएको थियो । मंसिर २७ गते सम्पन्न अधिवेशनले कास्कीकी गायत्री गुरुङलाई अध्यक्षमा चयन गरेपनि अन्य पदाधिकारी चयन गर्न सकेको थिएन ।
मत परिणामको विवरण
कस्ले कति मत पाए ? (मत सहित)
उपाध्यक्षहरु (३ सीटका लागि)
१. मित्रशरण शर्मा, नवलपुर, ९० मत
२. गुणाखर बस्याल, पर्वत, १२०
३. लोक प्रसाद बन्जरा, गोर्खा, ४८
४. ज्ञामनाथ गैह्रे, बाग्लुङ्ग ९३
५. गङ्गा पोख्रेल, कास्की ४६
७. गीता शाही, तनहूँ ६६
सचिव (१ सीटका लागि)
१. जगन्नाथ खनाल, गोर्खा, १००
२. बिष्णु भट्ट, गोर्खा, ७४
सहसचिव (३ सीटका लागि)
१. जीवन खाती, कास्की २३
२. मेख वहादुर भण्डारी, लमजुङ्ग, १०४
३. राज कुमार दुलाल, कास्की ५१
४. कल्पना अर्याल, स्याङ्गजा, ६६
५. अतिन्द्र केशरी न्यौपाने, तनहूँ, ११३
६. टेक वहादुर विक, म्याग्दी, १०८
कोषाध्यक्ष (१ सीटको लागि)
१. तारा भुसाल, स्याङ्गजा, ११९
२. भिम वहादुर विक, कास्की २३
३. मेख वहादुर विक, कास्की ३२