धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या




काठमाडौंको बुढानीलकण्ठमा एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । उदयपुरको कटारी घर भई हाल बुढानीलकण्ठ नगरपालीका वडा नं. १३ स्थित चुनिखेलमा डेरा कोठा गरी बस्ने बर्ष २१ को भक्त बहादुर थापाले घरायसी बिबाद हुँदा २४ वर्षिय श्रीमती लक्ष्मी तामाङ थापाको हत्या गरेका हुन् ।

थापाले श्रीमतीलाई मासु काट्न प्रयोग हुने दाउले घाटीको अगाडी भागमा प्रहार गरी सख्त घाइते बनाई फरार भएका थिए । घाइते लक्ष्मीको करुणा अस्पताल उपचारको क्रममा मृत्यु भएको हो ।




महानगरीय प्रहरी बृत्त महाराजगञ्जका अनुसार फरार रहेका भक्त बहादुर थापाको पहिचान तथा खोज तलास गर्ने क्रममा घटनास्थल नजिकैबाट धारिलो हतियार दाउसहित नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित
Loading...