नवलपुरमा ठूलो परिणाममा अवैध सामग्री सहित २ जना पक्राउ

नवलपुर। पूर्वी नवलपरासीको पूर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका वार्ड नम्बर–१६ चलिसकिलो जंगलमा भन्सार छली ल्याएको सामान बरामद गरिएको छ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ च ९७६० नम्बरको बलेरो पिकअप जीपमा केराको पातले छोपी आभैद रूपमा भन्सार छलि ल्याएको समान फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले बताएको छ।
भन्सार छलि ल्याएको १ कार्टूनमा ३० वटा प्याक रहेको ११ कार्टून मोबाइलको ग्लास स्क्रीन कभर , जेन्स कुर्था कपडा १९ थान, साधारण साडी ७० थान ,शिर्तको रोल कपडा ९३ थान , पार्टी विवाहमा लगाउने साडी ३० थान, तामाको जलप लगाएको थाली ठूलो र सानो गरी जम्मा २३३६ वटा सामान प्रहरीले नियन्त्रणमा लिएको हो।
गाडी चालक पश्चिम नवलपरासी सुनवल नगरपालिका वार्ड नम्बर(९ बस्ने वर्ष २५ को योगेन्द्र प्रसाद चौधरी र बलेरो साहु प्रतापपुर गाउँपालिका वार्ड नम्बर(६ बस्ने वर्ष ३९ को राजकुमार गुप्तालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पश्चिम नवलपरासी महेशपुर पठाइएको प्रहरीले बताएको छ।