चार वर्षीया बालिका अपहरण गरी १५ लाख माग्ने ४ जना पक्राउ, अपहरणकाे २४ घण्टामै बालिकाकाे उद्दार




जनकपुरबाट एक बालिका अपहरण भएको करिब २४ घन्टा नबित्दै अपहरणकारीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

 

जनकपुरको पुलचोकबाट अपहरणमा परेकी ४ वर्षीया बालिकालाई प्रहरीले अपहरणमुक्त गराउन सफल भएको छ । बालिका अपहरण गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।




जनकपुरधाम उपमहानगरपालिका १६, पुलचोकका ध्रुव मण्डलकी ४ वर्षीया छोरीको बिहीबार साँझ अपहरण भएको थियो । घरमा खेल्दै गरेकी बालिकाको अपहरण गरेपछि अपहरणकारीले १५ लाख रुपैयाँ फिरौती मागेका थिए ।

बालिका अपहरणमा परेलगत्तै प्रहरी अप्रेशन सुरु गरेको थियो । धनुषाका प्रहरी नायव उपरीक्षक दिपक राय नेतृत्वको टोलीले बालिकालाई अपहरण मुक्त गराउन सफल भएको छ भने अपहरणमा संलग्न एक महिलासहित चार जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

 

अपहरणकारीलाई पक्राउ गर्न ४ राउण्ड हवाई फायर समेत गर्नु परेको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए । पक्राउ परेकाहरुको पहिचान भने प्रहरीले खुलाएको छैन ।



सम्बन्धित
Loading...