जसपाका प्रमुख सचेतकमाथि आक्रमण, गम्भीर घाइते




जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य प्रमोद साहमाथि आक्रमण भएको छ ।

 

सांसद साहमाथि सर्लाहीको ईश्वरपुर नगरपालिका बयलबास बजारमा बिहान १० वजे संघातिक आक्रमण भएको हो ।




आक्रमणबाट साह घाइते भएको उनका आफन्त अनिल झाले बताए ।

 

उनका साथमा रहेका सुरक्षा गार्डलाई पनि कुटपिट भएको बताइएको छ ।

 

गार्डको पेस्तोल पनि खोसिएको झाले बताए । दुवैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 



सम्बन्धित
Loading...