महिला यात्रुले बीच आकासमै बबाल गरेपछि प्लेन डाइभर्ट


 



काठमाडौं- बेलायतको म्यानचेस्टर शहरबाट टर्कीका लागि उडेको एउटा विमानमा एकजना महिला यात्रुले होहल्ला गरेपछि बीच आकाशबाटै डाइर्भट गरेर अस्ट्रियाको राजधानी भियना पुर्‍याइएको छ ।

 




ती महिला यात्रुले चालक दलका सदस्यसँग झगडा गरेको र अन्य यात्रुलाई पनि हातपात गरेको बेलायती पत्रिकाले जनाएको छ ।

 

उक्त  महिलाले बेलायती विमान जेट २ मा बच्चाहरु रोएको गुनासो गरेकी थिइन्  तर, उनी चाँडै कर्मचारीप्रति आक्रामक भइन् । उनलाई शान्त पार्ने सबै प्रयासहरू बिफल भएपछि चालक दलले उनलाई झार्न भियनातर्फ उडान डाइभर्ट गर्नुपरेको थियो ।

 

एक प्रत्यक्षदर्शीले  बताएअनुसार ती महिला उडानमा लगभग एक घण्टा २० मिनेट बाधक बनेकी थिइन । ‘त्यहाँ धेरै कोलाहल थियो,’ यात्रुले भने, ‘त्यसपछि उनी विमानको अगाडि पुगिन । उनी वास्तवमै कर्मचारीप्रति क्रुद्ध थिइन । कसैले उनको रिस शान्त पार्न सकेनन् ।’

 

महिलाको व्यवाहारलाई लिएर एयरलाइनले क्षमायाचना मागेको छ ।

 



सम्बन्धित
Loading...