बजार बिकास समिति डण्डाको अध्यक्षमा केसी विजयी

पूर्वी कावासोती १६ डण्डामा रहेको बजार बिकास तथा व्यवस्थापन समितिको अध्यक्षमा साझा उम्मेद्वार पदम बहादुर खत्री (हरि के सी) विजयी भएका छन् ।
नेकपा एमालेबाट अध्यक्षका उम्मेद्वार बनेका पदम बहादुर चन ३० मतले पराजित भएका छन् । विजयी भएका अध्यक्षका उम्मेद्वारले १४८ मत प्राप्त गरेका थिए ।
नयाँ कार्यसमितिको लागि सहमति हुन नसकेपछि शनिवार निर्वाचन भएको थियो । जम्मा मतदाता २९९ रहेकोमा २७५ मत खसेको थियो । उपाध्यक्षमा यस अघि नै सर्वसम्मतरुपमा जयराम खत्री विजयी भएका थिए ।
त्यसैगरी सचिव पदमा कृण्ण प्रसाद अधिकारीले ११ मतले अर्का प्रतिद्वन्द्वी उम्मेद्वार अमित विश्वकर्मालाई पराजित गराउदै विजयी भए ।
त्यसैगरी सहसचिवमा धनु गिरी र कोषाध्यक्षमा अदिपा गिरी विजयी भएका छन् । सदस्यहरुमा कमल अर्याल, कमल गिरी, टोपराज गिरी, तुल्सी मल्ल, दुजमान सिर्पाली, विमल न्यौपाने, मुना जि सि र हिरा गिरी विजयी भएका छन् ।
नेकपा एमालेका उम्मेद्वारले सचिव र चार सदस्य हात पार्यो भने बाँकी सबै साझा उम्मेद्वारको तर्फबाट विजयी भए । साझा उम्मेद्वारलाई नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन रहेको थियो ।
कुन उम्मेद्वारले कति मत प्राप्त गरे मत सहित
अध्यक्ष
पदम बहादुर खत्री (हरि के सी) ः १४८ (विजयी)
पदम बहादुर चन ः १२८
सचिवमा
अमितकुमार विश्वकर्मा ः १२४
कृण्ण प्रसाद अधिकारी ः १३५ (विजयी)
सहसचिवमा
धनु गिरी ः १४२ (विजयी)
हेम बहादुर चन्द ः ११३
कोषाध्यक्षमा
अदिपा गिरी ः १२४ (विजयी)
निलकष्ठ बस्ताकोटी ः १०९
सदस्यहरू
अनुप विष्ट ः १०९
कमल अर्याल ः १४५ (विजयी)
कमल गिरी ः १४२ (विजयी)
टोपराज गिरी ः ११२ (विजयी)
तुल्सी मल्ल ः १५० (विजयी)
दिपक पाण्डे ः १०७
दुजमान सिर्पाली ः १४८ (विजयी)
विमल न्यौपाने ः ११३ (विजयी)
विर बहादुर श्रेष्ठ ः १११
मुक्तिनाथ पोख्रेल ः १०१
मुना जि सि ः १४९ (विजयी)
रोक्त बहादुर गोतामे ः १०४
सविता अधिकारी पंडित ः ९३
सुजता ढुङ्गाना न्यौपाने ः १०८
हिरा गिरी ः १५० (विजयी)