चिनले बनाएको पोखरा विमान स्थल निर्माण नसकिदै किन भयो हस्तान्तरण


 



नेपाल भ्रमणमा आएका मौका पारेर चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो नेपाललाई हस्तान्तरण गरे ।

 

चिनियाँ विदेशमन्त्रीले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा नेपाली समकक्षी डा. नारायण खड्कालाई साँचो हस्तान्तरण गरेका हुन् । विमानस्थल हस्तान्तरण भएपनि तत्काल अन्तर्राष्ट्रिय उडान हुने अवस्था छैन ।

 




चिनियाँ जोडबलमा हस्तान्तरण

 

पोखरा विमानस्थल चिनियाँ एक्जिम बैंकको ७५ प्रतिशत र चिनियाँ सरकारको २५ प्रतिशत गरी कुल २१ अर्ब ४५ करोड रुपैयाँ ऋण लगानीमा निर्माण भइरहेको छ । चिनियाँ सरकारको ऋण निर्व्याजी हो भने एक्जिम बैंकको ऋणको दुई प्रतिशत ब्याज तिर्नुपर्छ ।

 

विमानस्थल निर्माण समेत चिनियाँ सरकारी स्वामित्वको कम्पनीले गरेका कारण चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण पारेर हस्तान्तरण गरिएको प्राधिकरणका अधिकारी बताउँछन् । ‘यो वर्ष चीनबाट माथिल्लो स्तरको तत्काल अर्को भ्रमणको सम्भावना छैन,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘त्यसैले यही मौकामा आयोजना हस्तान्तरण गरौं भन्ने प्रस्ताव आएको हो ।’

 

अझै काम बाँकी छ

विमानस्थल निर्माणको भौतिक प्रगति ९३ प्रतिशत नाघेको छ । संरचना र उपकरण जडानको काम पूरा भएको छ । २५०० मिटर लामो धावनमार्ग बनेको छ । आयोजनाले दिएको जानकारीअनुसार टर्मिनल विल्डिङ सहितका संरचना बनेका छन् ।

 

फिनिसिङका काम पनि चलिरहेको छ । विमानस्थलको उत्तरपूर्वी क्षेत्रमा रहेको रिठ्ठेपानी डाँडा कटान गर्न बाँकी छ । डाँडा कडानका लागि गरिएको वातावरणीय अध्ययन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा मूल्यांकनको चरणमा छ ।

यसैसाता पास हुनसक्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् । डाँडा कटानका लागि कम्तीमा तीन महिना समय लाग्ने अनुमान छ । त्यसपछि क्यालिब्रेसन फ्लाइटको बाटो खुल्नेछ । यस्तै विमानस्थल नजिकै रहेको पोखरा महानगरपालिकाको ल्याण्डफिल्ड साइट अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्डमा पर्दैन ।

 

ल्याण्डफिल्ड साइट हटाउने जिम्मेवारी प्राधिकरणको पर्दैन । यसका लागि स्थानीय सरकारको भूमिका आवश्यक हुन्छ ।

 

वैशाख २०७३ मा शिलान्यास भएको विमानस्थल जुलाई २०२१ मा नै निर्माण सम्पन्न गरिसक्ने लक्ष्य थियो । तर कोरोनाका कारण एक वर्ष समय थप भएको छ ।

चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

 

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन् । उक्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए ।

 

विमानस्थलको साँचो चिनियाँ विदेशमन्त्रीबाट परराष्ट्रमन्त्री खड्कालाई हस्तान्तरण लगत्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थलको निर्माण कम्पनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कदरपत्र प्रदान गर्नेछन् ।

 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ ।

 



सम्बन्धित
Loading...