महिला प्रहरी हत्या प्रकरणः ४९ जना पक्राउ, २० जनामाथि हत्या आरोप

मोरङको लेटाङ नगरपालिका-५ को शिक्षा विकास माध्यमिक विद्यालय तोडफोड र प्रहरी जवानको हत्या अभियोगमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ ।
गत चैत ६ गते विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकलाई कारवाहीको माग गर्दै विद्यार्थीले सुरु गरेको आन्दोलनले उग्र रुप लिँदा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो ।
उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको हो । ती मध्ये २० जनामाथि प्रहरी जवान श्रेष्ठको हत्या अभियोगमा र २९ जनालाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
के भएको थियो घटना ?
एक हप्ता अगाडि लेटाङस्थित शिक्षा विकास माविका शिक्षक मनोज प्रसाद पौडेलले छात्रालाई दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि लेटाङ बजार तनावग्रस्त भएको थियो ।
शिक्षकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै अभिभावक र विद्यार्थीले गत आइतबार (९ दिन अगाडि) प्रदर्शन चर्काएका थिए । विद्यालयको कोठामै थुनिएका शिक्षक पौडेलसहितको टोलीलाई प्रहरीले उद्धार गर्ने प्रयास गर्दा केही युवाले प्रहरी माथि नै आक्रमण सुरु गरेका थिए ।
सो आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।
यस्तै सोही घटनामा परी २५ जना प्रहरी र ७ जना सर्वसाधारण घाइते भएका थिए । प्रहरी जवान श्रेष्ठको भीडको आक्रमणमा परी मृत्यु भएको हो । मृतक श्रेष्ठ ३ वर्ष अगाडि प्रहरी सेवामा भर्ना भएकी थिइन् ।
सो घटनापछि प्रहरीले तीनदिनसम्म लेटाङ बजारमा कर्फ्यु लगाएको थियो । सोमबारदेखि लगाएको कर्फ्यु गत बिहीबार हटाइएको थियो ।
महिला प्रहरी ह’त्या प्रकरणः ह’त्याको भू’त दिउँसैदेखि सल्ब’लाएको थियो…