सुनवलका किशोरीहरुलाई आत्मरक्षा तालिम




सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ मा तिन दिनदेखी जारी आत्मरक्षा तालिमको समापन गरीएको छ ।

 

जनकल्याण आमा समुह नयाँबस्तीको आयोजना तथा सुनवल नगरपालिकाको सहकार्यमा तिन दिने तालिमको समापन गरीएको हो ।

 




समुहकी अध्यक्ष नरमाया थापाको अध्यक्षता तथा वडा अध्यक्ष राजेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको तालिममा वडाका करिब ३५ जना किशोरीहरुलाई आफ्नो रक्षा कसरी गर्ने भन्नेबारे प्रशिक्षण दिईएको समुहकी उपाध्यक्ष रिना खत्रीले जानकारी दिएन् ।

 

कार्यक्रममा महिला तथा बालबालिका शाखा सुनवलकी प्रमुख केसरी गैरे, महिला वडा सदस्य दुर्गा कोईराला, वडा सदस्य साबित्रा बस्नेत, गणेश गुरुङ्ग, मनकामना बाल कल्बका अध्यक्ष याज्मा थापा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

 

चैत १३ गतेबाट सञ्चालित तालिममा आत्मरक्षा किशोरी समुहकी ममता सिंह र रेनुका चौधरीले सहजिकरण गरेकी थिइन् ।

 

तालिममा सहभागी किशोरीहरुले आफुले सिकेका कुरा आफ्ना टोल, छिमेक, समाजका अरु किशोरी, बालिकालाई सिकाउने बताएका थिए ।



सम्बन्धित
Loading...