कर्तव्य ज्यानमुद्दामा १९ वर्ष सजाय तोकिएका फरार अभियुक्त पक्राउ


 



कर्तव्य ज्यानमुद्दामा अदालतले २० वर्ष सजाय तोकेका फरार व्यक्ति पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका-२१पटेलनगरका ४० वर्षीय रविन्द्र पटेल रहेका छन्।

 




पटेललाई बिहीबार बिहान १० बजे वीरगन्ज-१४ गण्डकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

पर्सा जिल्ला साबिक महुवन गाविस-३ का ४५ वर्षीय कुचन साह कानुलाई गोली हानी हत्या गरेको आरोपमा पटेललाई जिल्ला अदालतले १९ वर्षी ११ महिना २२ दिन कैद सजाय तोकेको थियो।

 

प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार कानुको २०६४ साल भदौ ९ गते गोली हानी हत्या भएको थियो।

 

सो मुद्दामा जिल्ला अदालत पर्साले पटेललाई २०७२ साल असार १७ गते कैद फैसला तोकेको थियो।

 

पटेल आपराधिक गतिविधिमा परिचित नाम हो। खनालका अनुसार २०६५ साल असोज ३ गते जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत् मोहन मैनालीलाई गोली हानी हत्या गरेको आरोप छ।

 

यस्तै, २०६६ साल जेठ १३ गते प्रो. बायोटेक प्रालिमा कार्यरत् प्रशासकीय अधिकृत सोचनप्रसाद यादवमाथि बम प्रहार गरेको घटनामा पटेल संलग्न छन्।

 

पटेललाई जिल्ला अदालत पर्सामा पठाउने तयारी भइरहेको खनालले बताए।



सम्बन्धित
Loading...