वाईसिएल नवलपुरको कार्यवाहक अध्यक्षमा सद्दाम

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपुर निकट युवा संगठन, वाईसिएलको कार्यवाहक अध्यक्षमा सद्दाम हुसेन मिया सिफारिस भएका छन् ।
यस अघि संयोजक रहेका प्रविन पौडेल एमाले प्रवेश गरेपछि सचिव रहेका हुसेनलाई कार्यवाहक अध्यक्ष सिफारिस गरिएको हो ।
हिजो कावासोतीमा बसेको जिल्ला बैठकले उहाँलाई सिफारिस गरेको वाईसिएल केन्द्रीय सदस्य देवि अधिकारीले जानकारी दिनु भयो ।