कावासोतीको थाना चोकमा ट्रकले ठक्कर दिदा टिउसन हिडेकी युवती गम्भीर घाईते




नवलपुर । नवलपुरको कावासोतीमा रहेको जिल्ला प्रहरी कार्यालय नजिकै थाना चोकमा ट्रकले ठक्कर दिदा २० वर्षीय युवती गम्भीर घाईते भएकी छिन ।

 

कावासोतीको थाना चोकमा टिउसन पढन जादै गरेको अवस्थामा देवचुली-७ कि अनिशा अधिकारीलाई बिहान करिब ७:४५ को समयमा लु २ ख ५६७१ नं को ट्रकले ठक्कर दिएको नवलपुर प्रहरी प्रमुख  प्रज्वल मर्हजनले जानकारी दिएका छ्न ।

 




ट्रकको ठक्करबाट गम्भीर घाइते अधिकारीको कम्मरमा गहिरो चोट लागेको बताईएको छ ।

 

प्रहरीका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाईते युवतीलाई उपचारको लागि तत्काल कालीगण्डकी अस्पताल पुर्‍याईएको र त्यहा उपचार हुन नसके पछि थप उपचारको लागि भरतपुर पठाईएको छ ।

 

ठक्कर दिने ट्रकको चालक र ट्रक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...