गुडिरेहको कारमा एक्कासी आगलागी, पूर्ण क्षति
गुडिरेहको कारमा एक्कासी आगलागी, पूर्ण क्षति
रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नं १३ जयमंगलामा गुडिरहेको एउटा निजी कारमा शुक्रवार आगलागी भएको छ ।
स्थानीय गोपाल भण्डारीको बा १४ च ७८९३ नम्बरको निजी कारमा आगलागी भएको हो ।
बकुलहरबाट तरकारी किनेर जयमंगला तर्फ जादै गर्दा कारमा एक्कासी आगलागी भएको भण्डारीले जानकारी दिए । कार भण्डारी आफैले चलाएका थिए ।
कारको ढाेको नखुलेको भए म बाच्थिन होला उनले भने भाग्यले बाच्न सफल भए ।
आगलानीबाट कार पूर्णरुपमा ध्वस्त भएको छ ।