मर्निङवाकमा हिँडिरहेका शिक्षककाे मृत्यु


 



मर्निङवाकमा हिँडिरहेका शिक्षकलाई गाडीले ठक्कर दिँदा ज्यान गएको छ।

 

झापाको अर्जुनधारा नगरपालिका महानन्द चोकका कृष्ण प्रसाद निरौलालाई शनिबार बिहान मर्निङवाक हिँडिरहेको बेला सवारी साधनले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ।

 




पुस्पलाल चौक नजिकै बिहान सवा ५ बजे प्रदेश १-०१-००१ च ५१०७ नम्बरको सवारीले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाइएको छ।

 

निरौला दुर्गा माध्यमिक विद्यालय गरामनीका शिक्षक हुन्।



सम्बन्धित
Loading...