प्रधानमन्त्री देउवा र मोदीले गरे रेल सेवाको संयुक्त उद्घाटन


 



 

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन्।

 




दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल लिंक उद्घाटन गरेका हुन्।

 

यता जनकपुरधाम र जयनगर रेल्वे स्टेशनलाई भव्य तरिकाले सजाइएको छ।

उद्घाटनका बेला जयनगर रेल्वे स्टेशनमा नेपाल र भारतका विद्यार्थीले दुवै देशको झण्डासहित उभिएका छन्।

 

दुवै देशका प्रधानमन्त्रीले झण्डा हल्लाएपछि जयनगरबाट जनकपुरका लागि रेल गुड्ने कार्यतालिका रहेको छ। रेल प्रत्येक स्टेशनमा रोकिने छ।

रेल उद्घाटन कार्यक्रममा भाग लिन आएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव, मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत, भारतीय राजदूतावासका उच्च अधिकारी, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झा र सञ्चारकर्मीसहितको टोली जयनगर पुगिसकेका छन्।

 

जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेल्वे खण्डको सरसफाइ र स्टेसनहरूलाई चिटिक्क पारिएको छ भने जयनगरबाट जनकपुरतर्फ आउने रेललाई दुहली झै सिङ्गारिएको छ।

 

 



सम्बन्धित
Loading...