निर्वाचन लक्षित पश्चिम नवलपरासीमा सीमा अनुगमन




रामकरण अम्बेडकर –
परासी । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पश्चिम नवलपरासीमा भारतसँग सीमा जोडिएको क्षेत्र र त्यस आसपासका मतदान स्थलको अनुगमन गरिएको छ ।

 

निर्वाचनलाई लक्षित गरी पश्चिम नवलपरासीका सुरक्षा निकायका प्रमुखहरुले सीमा क्षेत्रको अनुगमन गरेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले बताए ।

 




पोख्रेलका अनुसार सशस्त्र प्रहरी बलका प्रमुख रुप कुमार केसी, नेपाली सेना प्रमुख ज्ञानुराजा श्रेष्ठ, नेपाल प्रहरी प्रमुख ऋषीराम कंणेल लगायतको टोलीले सीमा क्षेत्रको अनुगमन गरेको हो ।

पश्चिम नवलपरासीमा २ सय ८३ वटा मतदान केन्द्र र १ सय २१ वटा मतदान स्थलहरु रहेका छन् । ति मध्ये सीमा क्षेत्रमा रहेका् ५ वटा मतदान स्थलहरुको पनि अनुगमन भएको गरिएको थियो ।

पश्चिम नवलपरासी र भारत उतर प्रदेश संग अन्तराष्टिय सिमाना जोडीएको सिमा दश गजामा १६ वटा स्तम्भहरु रहेको छन् । टोलीले ५०८ र ५०९ नम्बर स्तम्भहरु अनुगमन गरेको हो ।

त्यसैगरी टोलीले पाल्हीनन्दन गाउंपालीका वडा नं ५ गेरमामा पार्वती प्राथमिक विद्यालयको पनि अनुगमन गरेको छ ।



सम्बन्धित
Loading...