कावासोती खानेपानीद्वारा विपन्न परिवारलाई निशुल्क धारा वितरण
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आज १० घर विपन्न परिवारलाई निशुल्क धारा वितरण गरेको छ ।
आज कावासोती खानेपानीमा कार्यक्रमको आयोजना गरि धारा हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा कावासोती खानेपानीका पूर्व अध्यक्ष विष्णु भुसाल, डोलराम डुम्रे र शिवप्रसाद भट्टाराईले धारा हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा कावासोती २ का मिनादेवी महतो, लोमकुमारी चापागाई, कावासोती ३ का गीता विक, माया श्रेष्ठ, कावासोती ५ का गणेश कुमाल, कावासोती ६ का भीमबहादुर विक, जितबहादुर कुमाल, कावासोती ८ का नरमबहादुर तामाङ्ग, कावासोती ८ का इन्द्रमाया थापा मगर र कावासोती ९ का चन्द्रकली सापकोटालाई निशुल्क धारा वितरण गरिएको हो ।
धारा जडान, मिटर बस्क, पाइप लगायत जडान गर्दासम्म निशुल्क हुने गरी धारा वितरण गरिएको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भीम कंडेलले बताए ।
कंडेलले बर्षेनी १० घर विपन्न परिवारलाई धारा वितरण गर्दै लैजाने बताए । धारा वितरण कार्यक्रम सचिव दिपक लम्सालको सञ्चालन र उपाध्यक्ष रमिला भुजेलको स्वागतमा भएको थियो ।






