नवलपुरमा मगर संघको अध्यक्षमा दुई जनाको उमेदवारी

नवलपुर । नेपाल मगर संघ नवलपुरको १२ औं जिल्ला अधिवेशन कावासोतीमा जारी रहेको छ । अधिवेशनमा अहिले नयाँ नेतृत्व चयनका लागि मनोनयन चलिरहेको छ ।
अधिवेशनमा रहेका नेपाल मगर संघ नवलपुरका अध्यक्ष इन्द्र फाल मगरका अनुसार अहिलेसम्म अध्यक्षमा दुई जना वरिष्ठ उपाध्यक्षमा १ जना, उपाध्यक्षमा ८ जना र सचिवमा २ जनाको उमेदवारी परेको छ ।
सहमतिमा नयाँ नेतृत्व चयनका लागि प्रयास भईरहेको फाल मगरले बताए ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा मेखबहादुर पुलामी र भुमबहादुर राईले उमेद्वारी दिएका छन् ।
शनिबारबाट शुरु भएको अधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सकिने छ ।
अधिवेशनको नेपाल मगर संघका केन्द्रिय सदस्य लिला मास्की रानाले गरेका थिए ।
कार्यक्रममा वक्ताहरुले मगर समुदायको हकहितका लागि मगरहरु एक हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा मगर संघका गण्डकी प्रदेश अध्यक्ष सिद्धान्त थापा, धनबहादुर मास्की राना, तुलबहादुर सुनारी, देवीसरा पुलामी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।