अनलाईन बिङ्गो खेलिरहेका १६ जना पक्राउ


 



काठमाडौं । काठमाडौं महानगरपालिका ६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका ७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका १ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनाकाे टिमलाइ प्रहरीले पक्राउ गरेको छ ।

 

उक्त खाजा घरमा अनलाईन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार १ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो ।

 




प्रहरीले उनीहरूको साथबाट १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर समेत बरामद गरेको छ ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...