टिउसन पढ्न जाँदा दुर्घट’नामा गम्भी’र घाइते विद्या’र्थीको नि’धन

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा ट्रक चालकको लापरवाहीका कारण दुर्घट’नामा परी गम्भी’र घाइते विद्यार्थीको नि’धन भएको छ ।
टिउसन पढन जादै गरेकी अवस्थामा कावासोतीको थाना चोकमा देवचुली–७ निवासी २० बर्षीया अनिशा अधिकारीलाई लु २ ख ५६७१ नं को ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्क-रबाट ग-म्भीर घाइते अधिकारीको गए’राति उपचारको क्रममा चितवनमा नि-धन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक दिलिपकुमार गिरीले बताए ।
ठक्क-र दिने ट्रकको चालक र ट्रक प्रहरी नि’यन्त्रणमा रहेको प्रहरीले जनाएको छ । रोकिराखेको ट्रकलाई ओभ’रट्याक गरेर अ’गाडि बढ्दै गर्दा उक्त ट्रकले अचानक ठ-क्कर दिएको थियो । उनी मध्यविन्दु कलेज कावासोतीमा विविएस दोस्रो सेमेस्टरमा अध्ययरत थिए ।

क्यालिफोर्नियामा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु
अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी स्याक्रामेन्तो शहरमा बन्दुकधारीले जथाभावी गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । स्याक्रामेन्तोकी प्रहरी प्रमुख क्याथरिन लेस्टरका अनुसार गोलीकाण्डमा अरु १२ जना घाइते भएका छन् ।
गोलीकाण्डमा मारिनेमा तीन पुरुष तथा तीन महिला रहेको अमेरिकी टेलिभिजन एबीसीले जनाएको छ । एकाबिहानै रेस्टुरेन्ट र बारहरूले भरिएको क्षेत्रमा बन्दुकको आवाज आएपछि मानिसहरू सडकबाट भागेका थिए ।
गोलीकाण्डपछि संदिग्ध बन्दुकधारीको खोजी भइरहेको जनाइएको छ । ‘यो वास्तवमै दुःखद अवस्था हो’, प्रहरी प्रमुख ले भनिन्।
आक्रमणकारी पत्ता लगाउन प्रहरीले सर्वसाधारणसँग सहयोग मागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
बन्दुक राख्न पाउने संवैधानिक व्यवस्थाका कारण अमेरिकामा भयानक गोलीकाण्डहरू दोहोरिने गरेको बताइन्छ । अमेरिकामा आफूसँग बन्दुक राख्नु र बन्दुक बोकेर हिँड्नु संस्कृतिजस्तै बनेको भन्दै केहीले यस्तो संस्कृतिको आलोचना समेत गर्दै आएका छन् ।