नवलपुरः मोबाइल चार्जमा जोड्ने क्रममा करेन्ट लागि ग-म्भीर घा-इते




नवलपुर । पूर्वी नवलपरासीमा एक जना महिला करेन्ट लागि गम्भीर घाइते भएकी छिन् ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार आज दिउँसो गैडाकोट न.पा.३ ढोडेनी निवासी ५८ बर्षीया महिला पूर्णमाया बि.क. करेन्ट लागी गम्भीर घाइते भएकी हुन् ।

 

चार्जमा राखेको मोबाइल निकाल्ने क्रममा अचानक बिद्युत सर्किट शर्ट भई करेन्ट लाग्दा गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय गैडाकोट नवलपुरले जनाएको छ ।




उनको भरतपुर सरकारी अस्पताल, चितवन उपचार भईरहकेो प्रहरीले जनाएको छ ।
उनको बाँया स्तनमा गहिरो घाँउ लागेको, पेट र बाँया हातमा पोलेको, अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा घा-इते

नवलपुर । पूर्वी नवलपरासीको दुम्किबासमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एक जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयी त्रिवेणी गाउँपालिका २ बिश्वकर्मा मन्दिर नजिकै पुर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्बतर्फ सडकको छेउमा रोकी राखेको ना ४ ख ५२६५ नम्बरको (खाली) ट्याङकरलाई सोही दिशाबाट आउदै गरेको लु २ ख ३४१ नम्बरको ट्रकले पछाडी बाट ठक्कर दिदा एक जना घाइते भएको हो ।

दुर्घटनामा परी ट्याङकर चालक रुपन्देही जिल्लाको सिदार्थनगर नगरपालिका १६ कोटिहवा बस्ने ३४ बर्षीय इन्द्रबहादुर चौधरी घाईते प्रहरीले जनाएको छ ।
उनको कावासोतीको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतारमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...