लागुऔषध सहित दुई जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ चालिसकिलो जंगलमा पूर्व पश्चिम राजमार्गमा चेकिङ टोलीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको हो ।
पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको अनटेष्ट स्कुटरमा सवार दुई जनलाई चेक जाँच गर्ने क्रममा प्रहरीले स्कुटरको डिक्कीमा सेतो कपडाको झोला भित्र नुफिन – १११ एम्पुल, फेनरागन – १११ एम्पुल र डाईजोपाम – १११ एम्पुल गरि जम्मा ३३३ एम्पुल लागुऔषध फेला पारी बरामद गरेको हो ।
प्रहरीले स्कुटर चालक लम्जुङ जिल्ला सुन्दर बजार नगरपालिका ९ बस्ने बर्ष ३१ को सुदर्शन गुरुङ, स्कुटर पछाडी सवार बर्ष ३३ को रजिन गुरुङलाई पक्राउ गरेको हो ।
मल बरामद
त्यसैगरी कावासोती १६ चालिस किलो जंगलमै प्रहरीले चेकिङ्गको क्रममा १३ बोरा युरिया मल बरामद गरेको छ ।
पश्चिमबाट पूर्व तर्फ आउदैँ गरेको ना ७ ख ६०८८ नं.को बसमा १० बोरा र ना ७ ख ३१८७ नं.को बसमा ३ बोरा युरिया मल बिना बिल भरपाईको फेला पारी बरामद गरि आवश्यक अनुसन्धान भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।
शिवमन्दिर महिला बहुउद्देश्य सहकारी दुई दिने सहकारी व्यवस्थापन तालिम
शिवमन्दिर महिला बहुउद्देश्य सहकारीसंस्थाले सहकारी दिवसको अवसरमा दुई दिने सहकारी व्यवस्थापन तालिमकाको आज उद्घाटन गरेको छ ।
संस्थाका अध्यक्ष गितादेवी अर्यालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कावासोती नगरपालिका २ का वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडेल प्रमुख अतिथी रहनु भएको थियो ।संस्थामा आवद्द महिला दिदी बहिनीहरुलाई सहकारी व्यवस्थापन कसरी गर्ने ? योजना कसरी बनाउने भन्ने बिषयमा बिकुका पूर्व अध्यक्ष हरिलाल सापकोटाले प्रशिक्षण दिनु भएको छ ।
मंगलबार सम्म सञ्चालन हुने तालिमको स्वागत संस्थाकी उपाध्यक्ष तुलसी खनालले गर्नु भएको थियो ।
कार्यक्रमा जिल्ला वाल संगठनका अध्यक्ष एवं सल्लाहकार विष्णु देवी पाण्डे,पूर्व अध्यक्ष एवं सल्लाहकार समितीका संयोजक खगिसरा गुरुङ्ग लगायतको उपस्थिीती रहेको थियो ।