नवलपुरः श्रीमानको कुट-पिटबाट श्रीमती घा-इते

नवलपुर । पूर्वी नवलपरासीमा श्रीमानको कुट-पिटबाट श्रीमती घा-इते भएकी छिन् ।
प्रहरी चौकी कोल्हुवाका अनुसार नवलपरासी मध्यबिन्दु नगरपालिका ५ डाउनबारी बस्ने वर्ष ४५ की दुर्गा चौधरीलाई निजको श्रीमान वर्ष ४८ को जिवानन्द चौधरीले घरायसी झ-गडाको बिषयमा कुट-पिट गरी घा’इते बनाएका हुन् ।
उनको उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल ल्याइएको, अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले श्रीमती कुटपिट गर्ने श्रीमानलाई नियन्त्रणमा लिएको छ ।
लागुऔषध सहित दुई जना पक्राउ
नवलपुर । पूर्वी नवलपरासीमा लागु-औषध सहित २ जना प’क्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ चालिसकिलो जंगलमा पूर्व पश्चिम राजमार्गमा चेकिङ टोलीले लागु औषध सहित २ जनालाई प’क्राउ गरेको हो ।
पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको अनटेष्ट स्कुटरमा सवार दुई जनलाई चेक जाँच गर्ने क्रममा प्रहरीले स्कुटरको डिक्कीमा सेतो कपडाको झोला भित्र नुफिन – १११ एम्पुल, फेनरागन – १११ एम्पुल र डाईजोपाम – १११ एम्पुल गरि जम्मा ३३३ एम्पुल लागु’औषध फेला पारी बरा’मद गरेको हो ।
प्रहरीले स्कुटर चालक लम्जुङ जिल्ला सुन्दर बजार नगरपालिका ९ बस्ने बर्ष ३१ को सुदर्शन गुरुङ, स्कुटर पछाडी सवार बर्ष ३३ को रजिन गुरुङलाई पक्रा’उ गरेको हो ।
मल बरामद
त्यसैगरी कावासोती १६ चालिस किलो जंगलमै प्रहरीले चेकिङ्गको क्रममा १३ बोरा युरिया मल बरामद गरेको छ ।
पश्चिमबाट पूर्व तर्फ आउदैँ गरेको ना ७ ख ६०८८ नं.को बसमा १० बोरा र ना ७ ख ३१८७ नं.को बसमा ३ बोरा युरिया मल बिना बिल भरपाईको फेला पारी बरामद गरि आवश्यक अनुसन्धान भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।