कावासोतीमा अन्तरजातिय बिबाह गरेका ४० जोडीलाई सम्मान


 



नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले अन्तरजातीय (दलित र गैरदलित) विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको छ ।

 

कावासोती नगरपालिकाको आयोजना र दलित पत्रकार संघ नवलपुरका समन्वयमा सम्मान गरिएको हो । जातीय विभेदको अन्त्य र अन्तरजातीय विवाह पछि समाजबाट भोग्नु पर्ने अपहेलना अन्त्यका लागि नगरपालिकाले अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले बताए ।

 




उनले भने – हामी सबै नेपाली हो सबैको रगत रातो हुन्छ , कही पनि नझुकी अघि बढेर समाज रुपान्तरण गर्नु छ ।

जातिय समझदारीका लागि अन्तरजातिय विवाहमा प्रोत्साहन कार्यक्रम अन्र्तगत अन्तरजातिय विबाहमा जोडी सम्मान तथा कानुनी प्रशिक्षण कार्यक्रम गरिएको हो ।

नगर कार्यपालिका सदस्य कलिया मुसहरीको अध्यक्षतामा भएको थियो ।

त्यसैगरी नगरपालिकाका प्रशासकिय प्रमुख राकेश गुरुङ्गले जातीय अन्त्यका लागि स्थानिय स्तरबाटै लाग्नु पर्ने बताउदै स्थानिय तहमा पहली कदम चाल्न सक्नु पर्ने बताए ।
कावासोतीका अन्तरजातिय बिबाह गर्ने चालिस जोडीलाई दोसल्ला, अविर र मायाको चिनो प्रदान गरेर सम्मान गरिएको थियो ।

 

सम्मानले भन्दा अन्तरजातिय बिबाह गर्दा भोग्नु पर्ने पिडा र हिंसाका ज्यान नै जोखिम समेत पर्ने हुनाले त्यसबाट सुरक्षित हुन राज्यले अहम भुमिका खेल्नु पर्ने सहभागि सम्मानितहरुले बताएका थिए ।

कार्यक्रममा कावासोती नगरपालिका ४ का वडा अध्यक्ष रमाकान्त चापागाई,वडा नं ९ का वडा अध्यक्ष नेत्र प्रसाद खतिवडा,१७ का वडा अध्यक्ष छविलाल महतो, कावासोती नगरपालिकाका साहायक महिला विकास निरिक्षक सुभद्रा शर्मा, दलित मुक्ति समाजका केन्द्रिय सदस्य बाबुराम विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।



सम्बन्धित
Loading...