वडा कार्यालय तो-डफो-ड, चार जना प-क्राउ




खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार वडा कार्यालय तो-डफो-ड भएको छ ।

वडा कार्यालयको दुई तले भवनको सभाहलका रूपमा प्रयोग भइरहेको भुइँतलाको कोठामा तोड-फोड भएको हो ।




सोमबार राति स्थानीय युवाले वडा कार्यालयको ताला तो-डेर तो-डफो-ड गरेका हुन् ।

तोडफोडबाट प्लास्टिकका १७ वटा कुर्सी, काठका तीन वटा बेन्च, प्लास्टिकका एक वटा टेबल, एक थान ह्वाइटबोर्ड, भइपरी आउँदा प्रयोग गर्न राखिएको दुई वटा हेलमेट, दुई थान पावर सकेट लगायत सामानमा क्ष’ति पुगेको वडाध्यक्ष भलाराज राईले बताउनुभयो ।

 

यस्तै, हरेक महिनाको २७ गते वितरण गर्नेगरी राखिएको आयुर्वेदको औषधि छरपस्ट अवस्थामा भेटिएको छ ।

वडा कार्यालयको दुई तले भवनको माथिल्लो तलाबाट भने वडाको कामकाज सञ्चालन हुँदैआएको छ । तो’डफो’ड’मा संलग्न भएको अ’भि’यो’गमा चार युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताउनुभयो । घटनाको विषयमा अ’नु’सन्धा’न भइरहेको प्रहरीको जनाएको छ

 

चेपाङ बस्तीमा बिजुली बत्ती

 

चेपाङ समुदायको बाहुल्य रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ पार्सिवाङ रुन्चेवुङमा पहिलोपटक पेल्ट्रिक सेटमार्फत बिजुली बत्ती बालिएपछि त्यहाँका बासिन्दा खुसी भएका छन् ।

सीमान्तकृत चेपाङ समुदायको सङ्ख्या धेरै रहेको सो वडामा नेपाल विद्युत् प्राधिकरणको लाइन हालसम्म जडान हुन नसक्दा उक्त सेटमार्फत बिजुली बत्ती बालिएको सो गाउँपालिकाले जनाएको छ ।

 

नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा नभएकाले त्यहाँका चेपाङहरुले सल्लोको दियालो बालेर घरमा उज्यालो पार्ने गरेका थिए । गाउँमा बत्ति बाल्न पेल्ट्रिक सेट शुभारम्भ गरिएपछि चेपाङका घरको अँध्यारो हटेर उज्यालो भएको गाउँपालिकाका प्रमुखप्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले बताउनुभयो ।

 

रु २३ लाखको लागतमा सामुदायिक सशक्तिकरण तथा स्थानीय न्याय सञ्जाल र गाउँपालिकाको आर्थिक सहयोगका साथै स्थानीयवासीको श्रमदानमा चार किलोवाट क्षमताको पेल्ट्रिक सेट सञ्चालनमा ल्याइएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाभरिमा २० वटा पेल्ट्रिक सेट सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

पेल्ट्रिक सेटका लागि उक्त सञ्जालले रु १३ लाख सहयोग गरेकामा गाउँपालिकाले रु छ लाख र बाँकी रु चार लाख बराबरको स्थानीयवासीले श्रमदान गरेका थिए ।

 



सम्बन्धित
Loading...