नवलपुरः बुलिङ्गटारमा काँग्रेसबाट गाउँपालिका अध्यक्षमा ५ जना आकांक्षी




नवलपुर । नेपाली काँग्रेसको किल्लाको रुपमा हेरिएको पूर्वी नवलपरासीको पहाडी गाउँपालिका बुलिङ्गटार गाउँपालिकामा गाउँपालिका अध्यक्षका लागि काँग्रेसका ५ जनाले आकांक्षा देखाएका छन् ।

 

यहाँ गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीदेखि, पत्रकार होमराज रानाभाट, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेसम्मले इच्छा देखाएका छन् । त्यसैगरी मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेल नेपालीका राजनीतिक सल्लाहाकार एवम् नवलपरासी जिल्लाका पूर्व जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कमालले पनि बुलिङ्गटार गाउँपालिकामा पालिका अध्यक्षका लागि दावेदार प्रस्तुत गरेका छन् ।




त्यसैगरी बुलिङ्गटार गाउँपालिकामा ओमकुमार श्रेष्ठ सहित काँग्रेसबाट ५ जनाले गाउँपालिका अध्यक्षमा आकांक्षा देखाएका हुन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस एक्लैले बुलिङ्गटार गाउँपालिकामा जित हात पारेको थियो । ४ वटा दलले उमेदवारी दिएको बुलिङ्गटार गाउँपालिकामा नेपाली काँग्रेसका उमदेवार शशिकिरण बस्ताकोटीले ४ हजार ६ सय ९८ मत प्राप्त गरि जित हात पारेका थिए ।

त्यसैगरी एमालेका उमेदवार पत्रकार विद्रोही गिरीले २ हजार ४ सय ८२ मत प्राप्त गरेका थिए । त्यसैगरी नेकपा माओवादी केन्द्रका लालबहादुर रिस्मी मगरले १४५ र राष्ट्रिय जनमुक्तिको गुनबहादुर वाचे मगरले ९२ मत प्राप्त गरेका थिए ।

उहाँ गाउँपालिका उपाध्यक्ष पनि काँग्रेसले जितेको थियो । त्यसैगरी ६ वट वडा रहेको यस पालिकाको ६ वटै वडाका वडा अध्यक्षहरुमा पनि काँग्रेसले जित हात पारेको थियो ।

बुलिङ्गटारमा अब हुने निर्वाचनलाई ६ वटा मतदान स्थल र १६ वटा मतदान केन्द्र कायम गरिएको छ भने यहाँ ६ हजार ३ सय ४३ जना पुरुष र ६ हजार १ सय ६७ जना महिला गरी १२ हजार ५ सय १ जना मतदाता रहेका छन् ।

यहाँका कतिपय मतदाता वैदेशिक रोजगारीका लागि बाहिर गएका र कतिपय मतदाता बालबालिकाको पठनपाठनका लागि र देश भित्रै रोजगारीका लागि नजिकको ठूलो बजार कावासोती लगायतका क्षेत्रमा झरेका कारण कुल मतदाता संख्याको ५० देखि ७० प्रतिशत मात्र मत खस्ने सम्भावना रहेको छ ।



सम्बन्धित
Loading...