कावासोतीको नगरप्रमुखमा कांग्रेसबाट २२ जनाको दाबी

कावासोती । यहि वैशाख ३० गते हुने भनिएको स्थानिय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गर्ने लहर बढिरहेको छ ।
जिल्ला सदरमुकाम समेत रहेको कावासोती नगरपालिकाको नगर प्रमुख पदमा नेपाली कांग्रेसबाट २२ जनाले आफ्नो दाबी पेश गरेका छ्न ।
बुधबार नेपाली कांग्रेस कावासोतीले आयोजना गरेको उम्मेदवारी स्वघोषणा कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति बालकृष्ण घिमिरे , जिल्ला सचिव महेन्द्र पोख्रेल सहितका नेताहरुले कावासोतीको नगरप्रमुख पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन
त्यसै गरि उप प्रमुख पदमा भने ४ जनाको मात्रै दाबी परेको कांग्रेस कावासोतीले जनाएको छ ।पाँच दलिय गठबन्धन हुने तय भए सँगै कावासोतीको प्रमुख पदमा आकांक्षीको संख्या बढेको एक जना कांग्रेस नेताले बताए ।
कति पयले आफू निकटका व्यक्तिलाई समर्थन गरेर छोडनका लागि पनि उम्मेदवारी घोषणा गरेको हुन सक्ने उनले बताए । गठबन्धन हुने भए पछि उप मेयरमा भने आकांक्षीको संख्या कम देखिएको हो ।
नगरप्रमुख र उपप्रमुख पदमा दाबी गर्नेको नामावली
कावासोती नगरपालिकाको प्रमुख (मेयर) पदमा आंकाक्षी उमेदवारहरुको नामावली
नाम वडा न.
१) कपिलदेव भुसाल ८
२) कमल राज गुरौ १४
३) शालिकराम सापकोटा ८
४) महेन्द्र पोख्ररेल ८
५) बालकृष्ण घिमिरे ८
६) झपिन्द्रेश्वर भुसाल २
७) विष्णु देवि पाण्डे २
८) हेम प्रसाद पाण्डे ६
९) सुरज गुरुङ्ग ३
१०) बावुराम कंडेल २
११) पूर्णलाल सापकोटा ७
१२) ऋषिराम कंडेल ३
१३) दुर्गा रिजाल १६
१४) सीता कुंवर ८
१५) सरस्वती तिमिल्सिना १०
१६) एक नारायण अधिकारी २
१७) श्याम प्रसाद श्रेष्ठ ६
१८) डि.वी (धन बहादुर) चौधरी १३
१९) शालिकराम ढकाल ८
२०) शिव प्रसाद भट्टराई २
२१) अर्जुन रिजाल १४
२२) राम चन्द्र भण्डारी ३
उप प्रमुख (उप मेयर ) पदका आकांक्षीशहरुको नामावली
नाम वडा न.
१) गुन्जेश्वरी महतो १४
२) जानुका पन्त ढुङ्गाना १४
३) बाल कुमारी महतो १५
४) गोमाया खण्डलुक ३