यस्तो छ नवलपुरमा एमालेको उमेदवार छान्ने तालिका




रामकुमार श्रेष्ठ –
नवलपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पूर्वी नवलपरासीमा नेकपा एमाले उमेदवार छान्न तालिका तय भएको छ ।

प्रदेश कमिटिको वैठकको निर्णय अनुसार नवलपुरमा चैत्र २७ गतेसम्म वडाबाट उमेदवार हुने आकांक्षीको वा सहमति भएको नामावली नगर वा गाउँ कमिटिमा पठाउने पर्ने छ ।




त्यसैगरी चैत्र २९ गते नगर कमिटि गाउँ कमिटिले वडा तहबाट आएको नाम जिल्ला कमिटिमा पठाउने पर्ने छ भने चैत्र २९ गते नै नगर कमिटिले नगरपालिकामा नगरप्रमुख वा उपप्रमुखका आकांक्षी वा उमेदवारका लागि सहमति जुटेको नाम र गाउँपालिका स्तरीय कमिटिले गाउँपालिका अध्यक्ष र उपाध्यक्षका आकांक्षी वा सहमति भएको नाम जिल्ला कमिटिमा पठाउनु पर्ने छ ।

तालिका अनुसार नगर कमिटिले सहमति नभएका वडा अध्यक्ष र वडा सदस्यको नाम बैशाख ४ गते टुंगाउने छ । त्यसैगरी बैशाख ४ गते नै नगरपालिकाको प्रमुख उपप्रमुख र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षको आकांक्षी अन्तिम नामावली वा सहमति भएको नामावली प्रदेश कमिटिमा पठाउने पर्ने छ ।

कावासोती ३ मा एमालेबाट वडा अध्यक्षमा डोरमान गिरी

यस अघि नेपाली काँग्रेसका उमेदवार अमृत श्रेष्ठसँग पराजित भएका नेकपा एमालेका उमेदवार डोरमान गिरीलाई नै नेकपा एमाले कावासोती ३ ले अध्यक्षको उमेदवार बनाउने भएको छ ।

 

कावासोती ३ मा नेकपा एमालेले ४ वडा सदस्य भने जितेको थियो । त्यसैगरी कावासोती ३ बाट अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले अन्य दलको तुलनामा बढी मत प्राप्त गरेको थियो ।

 

 



सम्बन्धित
Loading...