नेकपा माओवादी केन्द्र कावासोतीमा मेयर उपमेयरमा ८ जना आकांक्षी




रामकुमार श्रेष्ठ –
कावासोती । नवलपुरको कावासोतीमा स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रमा नगर प्रमुख उपप्रमुखका लागि ८ जना आकांक्षी देखिएका छन् ।

 

कावासोती नगरपालिकामा नेपाली काँग्रेस लगायतका सत्ता गठबन्धनसँग तालमेल गरेर निर्वाचनमा जाने भएपछि नेकपा माओवादी केन्द्रमा पनि आफ्नो भागमा पाउने पदका लागि पार्टी भित्र आकांक्षीहरु धेरै देखिएका छन् ।

 




माओवादी केन्द्रबाट नवलपुरको कावासोतीमा नगर प्रमुखमा चेतनाथ पोख्रेल, डासीराम बस्याल, सिर्जना गैरे, बलराम ढकालको नाम चर्चामा रहेको छ ।

 

यस अघिको स्थानीय तहको निर्वाचनमा डासीराम बस्याल माओवादी केन्द्रबाट नगर प्रमुखमा उमेदवार भएका थिए । उनले यस अघिको निर्वाचनमा तेस्रो स्थान हासिल गरेका थिए ।

 

त्यसैगरी उपप्रमुखमा रमिला भुजेल, सरला पोख्रेल, सरला खनाल, पतिराम थनेत र खड्ग नारायणा महताे आकांक्षी देखिएका छन् ।

रमिला भुजेल यस अघिको निर्वाचनमा पनि नेकपा माओवादी केन्द्रबाट उपमेयरमा उमेदवार भएका थिए ।

 

माओवादी केन्द्रले कावासोतीमा कावासोती १६ मा जित हात पारेको थियो भने कावासोती १४ मा सम्मानजनक मत प्राप्त गरेको थियो ।

 

 



सम्बन्धित
Loading...